+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश सरकारको कुल बजेट दुई खर्ब ८७ अर्ब

प्रदेश सरकारको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमती सबैभन्दा अगाडि

4KNationalDaily
२०८२ असार २, सोमबार ०९:५५ बजे

✍ राजन घर्ती

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटको कुल आकार दुई खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको तुलनामा करिब ९ अर्ब रुपैयाँले बढी हो।

चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशहरूले दुई खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। यसपटकको बजेट विवरणअनुसार बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो छ। बागमतीले चालु आवको तुलनामा ३ अर्ब रुपैयाँले वृद्धि गर्दै ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

दोस्रो ठूलो बजेट मधेश प्रदेशको रहेको छ। मधेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको छ।

अन्य प्रदेशहरूको बजेट विवरण क्रमशः सार्वजनिक हुँदै जाँदा समग्र प्रदेशगत प्राथमिकता र खर्चको प्रवृत्तिबारे स्पष्ट चित्र आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily