+
Search

ताजा अपडेट +

पपुलर +

फिफा क्लब विश्वकपमा पीएसजीको विजयी सुरुवात,

फिफा क्लब विश्वकपमा पीएसजीको विजयी सुरुवात, बायर्न म्युनिखको ऐतिहासिक जित

4KNationalDaily
२०८२ असार २, सोमबार १०:२७ बजे

✍ राजन घर्ती

क्यालिफोर्निया । युरोपियन च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। गएराति रोज बाउल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस पावरहाउस एट्लेटिको म्याड्रिडलाई ४–० गोलले हराउँदै तीन अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको हो।

क्लब विश्वकपमा पहिलोपटक सहभागी भएको पीएसजीका लागि फेबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली काङ–इनले समान एक–एक गोल गरे। एट्लेटिको म्याड्रिड ७८औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो, जब क्लेमेन्ट लेनग्लेटले दोहोरो पहेँलो कार्ड प्राप्त गर्दै मैदान छाडेका थिए।

बायर्न म्युनिखको ऐतिहासिक जित

त्यस्तै, समूह ‘सी’को अर्को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले अकल्याण्ड सिटीमाथि १०–० को फराकिलो जित दर्ता गरेको छ। यो क्लब विश्वकप इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। म्युनिखले पहिलो हाफमै ६ गोल गर्दै खेललाई एकतर्फी बनाएको थियो।

यो जितसँगै बायर्न म्युनिख पनि तीन अंक जोडेर समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। क्लब विश्वकपको लिग चरणमा हालसम्म युरोपेली क्लबहरूको प्रदर्शन प्रभावशाली देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily