एमालेको जनसंगठन संयन्त्रको बैठक नेकपा एमालेले जनसंगठन संयन्त्रको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरमा सुरु हुनेछ । बैठकलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ । बैठकमा हालै महाधिवेशन मार्फत निर्वाचित भएका विभिन्न १६ वटा जनसंगठनका अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागी हुने छन् । संगठनका नयाँ नेतृत्वलाई अध्यक्ष ओली विशेष निर्देशन दिने संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । त्यस्तै, बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र जनसङ्गठनबिचको समन्वयमा देखिएका समस्या र समाधानका उपाय सुझाउने कार्यतालिका छ । बैठकमा हरेक जनसङ्गठनका अध्यक्षले महाधिवेशनपछि अहिलेसम्मको अवस्थाका बारेमा नेतृत्वलाई रिपोर्टिङ गर्ने छन् । एमालेका २३ जनसङ्गठनमध्ये ७ वटा संगठनले महाधिवेशन गर्न बाँकी छ ।
एमालेको जनसंगठन संयन्त्रको बैठक आज च्यासलमा
एमालेको जनसंगठन संयन्त्रको बैठक आज च्यासलमा
२०८२ असार ४, बुधबार ०९:३२ बजे

प्रतिक्रिया