+
Search

ताजा अपडेट +

पपुलर +

कैलाली कारागारमा एक कैदी युवकको शंकास्पद मृत्यु

कैलाली कारागारमा एक कैदी युवकको शंकास्पद मृत्यु

4KNationalDaily
२०८२ असार ४, बुधबार १०:०७ बजे

कैलाली – बैंकिङ कसुरमा सजाय भोगिरहेका एक युवक कैलाली कारागारमा मृत भेटिएका छन्। डडेल्धुरा, भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पाली सोमबार राति साढे १० बजे कारागारभित्र अचेत अवस्थामा फेला परेका थिए।

उपचारका लागि सेती अस्पताल पुर्‍याइए पनि तत्कालै उनको मृत्यु भएको हो। अस्पतालमा राखिएको शवमा चोटपटक र निलडाम देखिएको छ। मुखसहितका भागमा गहिरा चोट देखिएको बताइएको छ। उनलाई अस्पताल भर्ना गरिँदा उच्च ज्वरो र रक्तचाप न्यून रहेको चिकित्सकले बताएका छन्।

पालीलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरी जेल चलान गरेको थियो। जिल्ला अदालतले उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

शंकास्पद मृत्यु भएको भन्दै उनका आफन्तहरूले शव बुझ्न अस्वीकार गरेका छन्। शव दुई दिनदेखि अस्पतालमै छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily