काठमाडौं।
नेपालको ‘ए’ क्रिकेट टोली भारतको गुवाहटी प्रस्थान गर्दैछ। त्यहाँ टोलीले आसाम स्टेट टिमसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको हो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन हुनेछ।
यस सिरिजका लागि क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा युवा तथा अनुभवी खेलाडी दुवैलाई अवसर दिइएको छ।
नेपाल ‘ए’ टिमका खेलाडी :
-
कप्तान : अनिल शाह
-
ईशान पाण्डे
-
पवन सराफ
-
मोहम्मद आदील आलम अन्सारी
-
अर्जुन घर्ती
-
देव खनाल
-
बसिर अहमद
-
शेर मल्ल
-
तृत राज दास
-
सन्दीप जोरा
-
आकाश चन्द
-
युवराज खत्री
-
सुभ कन्साकर
-
विवेक कुमार यादव
-
कमल सिंह ऐरी
-
सागर ढकाल
क्यानका अनुसार यस दौरा नेपाली खेलाडीहरूको प्रदर्शन निखार्न, नयाँ प्रतिभालाई मौका दिन तथा भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने उद्देश्यले गरिएको हो।
प्रतिक्रिया