+
Search

ताजा अपडेट +

पपुलर +

माग पूरा नभए संघीय संसद अघि शिक्षक आन्दोलन बढ्ने चेतावनी

माग पूरा नभए संघीय संसद अघि शिक्षक आन्दोलन बढ्ने चेतावनी

4KNationalDaily
२०८२ भाद्र १३, शुक्रबार १५:४७ बजे

१३ भदौ ,काठमाडौं| विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित माग सम्बोधनका लागि दबाब दिँदै आएको नेपाल शिक्षक महासंघले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने तयारी गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, विद्यालय शिक्षक र कर्मचारीका बाँकी माग सम्बोधन गराउन दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिनुपरेको हो। यसअघि महासंघले हिजो च्यासलमा पुगेर एमाले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो।

महासंघले चेतावनी दिएको छ कि माग सम्बोधन नभई विधेयक संघीय संसद्बाट पारित भए आन्दोलनलाई अझ कडाइका साथ अघि बढाउन बाध्य हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily