+
Search

ताजा अपडेट +

पपुलर +

दशैं–तिहारमा नयाँ नोट बन्द,भदौ २९ देखिबाटै सुकिला नोट कारोबार

दशैं–तिहारमा नयाँ नोट बन्द,भदौ २९ देखिबाटै सुकिला नोट कारोबार

4KNationalDaily
२०८२ भाद्र १५, आईतवार ११:२७ बजे

१५ भदौ ,काठमाडौं | नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँ–तिहारका लागि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ। विगतमा नयाँ नोट छापेर वितरण गर्दै आएको बैंकले खर्च व्यवस्थापन र नोटको छिट्टै बिग्रिने समस्या कम गर्न गत वर्षदेखि नयाँ नोट बाँड्ने प्रथा रोक्दै आएको हो।

यस वर्ष पनि राष्ट्र बैंकले बजारमा फिर्ता आएका सुकिला नोट मात्र सटही गर्ने व्यवस्था मिलाएको छ। मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सर्वसाधारणलाई सुकिला नोट सटही गर्न सकिनेछ।

यसअघि ५, १०, २०, ५० र १०० का नोटहरू चाडपर्वमा नयाँ छापिएका नोटका रूपमा वितरण गर्ने परम्परा थियो। तर, चाडपर्वमा बढी प्रयोग हुँदा छिट्टै नोक्सान हुने भएकाले अब नयाँ नोट छापेर वितरण नगरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily