+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय शिक्षा विधेयकविरुद्ध काठमाडौं चक्रपथमा निजी स्कुल बसहरूको र्‍याली

विद्यालय शिक्षा विधेयकविरुद्ध काठमाडौं चक्रपथमा निजी स्कुल बसहरूको र्‍याली

4KNationalDaily
२०८२ भाद्र १६, सोमबार १३:५५ बजे

१६ भदौ, काठमाडौं।निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा विद्यालय बससहित र्‍याली निकालेका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै उनीहरूले सडकमा बसको लाइन लगाएर विरोध प्रदर्शन गरेका हुन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गरेको उक्त र्‍यालीमा पूर्ण छात्रवृत्ति दिने र निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने माग गरिएको छ।

र्‍यालीका कारण चक्रपथको एक लेनमा पहेँला बसहरू लामबद्ध हुँदा अन्य सवारीसाधनलाई केही ठाउँमा आवतजावतमा समस्या परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily