+
Search

ताजा अपडेट +

पपुलर +

राजावादीको प्रदर्शन

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार [फोटोहरू]

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार १५:०९ बजे

काठमाडौं– तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

राजसंस्था पुन स्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुससहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केही बेर तनाव भएको छ ।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ