+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईं कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार १९:१० बजे

काठमाडौं– राजावादीहरूको प्रदर्शनको कमान्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा आपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारबाहीको दायरमा ल्याइने जानकारी दिए ।

शुक्रवार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यता, समाजवादी मोर्चाको कार्यक्रम भने शान्तिपूर्ण भएको र ५० हजार मानिस सहभागी भएको रिजालले जनाए ।

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटना लगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ