+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाको जनप्रदर्शन

राप्रपाको जनप्रदर्शन बल्खु क्षेत्रमा सुरक्षाकर्मी परिचालित- काठमाडौंमा सुरक्षा तैनाथी कडा

4KNationalDaily
२०८१ चैत्र २६, मंगलवार १५:१० बजे

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।राप्रपाको विरोध कार्यक्रमका लागि मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पार्टीका कार्यकर्ताहरू व्यवस्थापनमा व्यस्त देखिए पनि शीर्ष नेताहरूको उपस्थिति भने देखिएको छैन। आन्दोलनको तयारीक्रममा केही विदेशी सञ्चारमाध्यमहरू, विशेषगरी भारतीय मिडियाका प्रतिनिधिहरू रिपोर्टिङका लागि बल्खु पुगेका छन्।

प्रदर्शन सुरु हुनुअघि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बल्खु र आसपासका क्षेत्रमा खटाइएको छ। सुरक्षा सतर्कता यति बढाइएको छ कि प्रमुख नाकाहरूमा समेत चेकजाँच कडा बनाइएको छ।

राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily