युरोपा लिग
इंग्लिस क्लव म्यानचेस्टर युनाइटेड एथलेटिक क्लबलाई हराउदै युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा गएराती सम्पन्न दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले गोलअन्तरले हराउँदै म्यान युनाइटेड फाइनलको यात्रा तय गरेको हो । यसअघि पहिलो लेगमा युनाइटेड ३–० ले जित निकालेको थियो । समग्रमा युनाइटेडले ७ –१ ले जित निकालेको हो ।
लिगअन्तर्गत अर्को खेलमा टोटनहामले बोडोेग्लिम्टलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अस्पम्यारा स्टाडियोनमा गएराती भएको दोस्रो लेग सेमिफाइनलमा बोडोलाई हराउदै टोटनहामले उपाधि यात्रा तय गरेको हो । योसंगै यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्गिलस क्लब प्रवेश गरेका छन । फाइनलमा म्यानचेस्टरले अब टोटनहामसंग प्रतिस्पर्धा गर्नेछ ।
महिला विश्वकप एसिया छनोट
नेपालले आइसिसी महिला विश्वकप एसिया छनोटमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र हङकङबीचको खेल अहिले बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा सुरु भएको छ । ९ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह सी मा छ । नेपाल रहेको समूहमा बहराइन पनि छ । हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ । हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् भने शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्दै गर्दा समेत नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन । यसपटक भने विश्वकप खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रेको हो ।
प्रतिक्रिया