+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकै अग्लो हिमाल सगरमाथाको शिखर

विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा यो वर्षकै पहिलो आरोहणका क्रममा एकैदिन ४० जनाले चुचुरोमा पाइला टेके

4KNationalDaily
२०८२ जेष्ठ २, बिहीबार १३:०८ बजे

एकैदिन ४० जनाले सगरमाथा आरोहण विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा यो वर्षकै पहिलो आरोहणका क्रममा एकैदिन ४० जनाले चुचुरोमा पाइला टेकेका छन् । खराब मौसमको सामना गर्दै यो बर्षको पहिलो आरोहणमै हिजो एकै दिन ४० जना स्वदेशी तथा विदेशी सगरमाथाको शिखरमा पुगेका हुन् । २२ नेपालीसहित चिनियाँ, युक्रेनी, चेक रिपब्लिकन, अमेरिकी र जापानी आरोहीले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा फरक–फरक कम्पनीबाट गएका उनीहरू बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले १ सय १९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ । अनुमति पाउनेमा नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुष रहेका छन् । सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १ सय ७ र नुप्से हिमाल आरोहणका लागि ७६ जनाले अनुमति पाएका छन् । आरोहणका लागि अनुमति पाएका आरोही र उनीहरूका सहयोगीहरु सगरमाथा आधार शिविर पुगिसकेका छन् । आधार शिविरमा अहिले झण्डै एक हजार स्वदेशी तथा विदेशी नागरिक रहेको विभागले जनाएको छ । पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुल्यो ताप्लेजुङ्गको पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसंगै पाथीभरामा केबलकार निर्माणका लागि बाटो खुलेको हो । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएको हो । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बू लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने निश्कर्षमा पुगेको हो । अदालतको आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन कानुनी अवरोध हटेको छ । आईएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माणको योजना अघि बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily