स्वास्थ्य÷ कालाजारलाई निवारण चुनौतीपूर्ण सन् २०२६ सम्म कालाजारलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको छ । कालाजार रोग नयाँ जिल्लाबाट रिपोर्ट भइरहेकाले जनस्वास्थ्य समस्याको रुपबाट निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको हो । पछिल्लो समय कालिकोट, डोल्पा जस्ता हिमाली जिल्लामा कालाजारको दर उच्च पाइएको छ । यस्तै, पाल्पा, कैलाली, सुर्खेत, धनुषा र ओखलढुंगामा पनि कालाजारका बिरामीको संख्या बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, नेपालमा पछिल्लो समय विभिन्न खाले संक्रामक रोग विरुद्ध सरकारले रोकथाम तथा न्युनिकरणको अभियान नै चलाए पनि लक्ष्य प्राप्ति हुन सकेको छैन । बाँकेको तीन स्थानीय तहमा समुदायमा प्रसारित हात्तीपाइले संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । यस्तै केही जिल्लामा कुष्ठरोगका बिरामी अझै पनि भेटिने गरेका छन् । यस्तै, लामखुट्टेको टोकाइबाट हुने डेंगीका बिरामीको वृद्धिसँगै प्रभावित जिल्लाको संख्या पनि थप हुँदै गएको छ ।
कालाजारलाई निवारण चुनौतीपूर्ण
कालाजारलाई निवारण चुनौतीपूर्ण सन् २०२६ सम्म कालाजारलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिए
२०८२ जेष्ठ ६, सोमबार १९:५१ बजे

प्रतिक्रिया