एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चुन्न राष्ट्रिय युवा संघलाई निर्देशन दिनु भएको छ । युवासंघको नेतृत्वका लागि आकांक्षीको सख्या बढेसँगै ओलीले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिनु भएको हो । युवा संघको १० औं महाधिवेशन भोलिदेखि पोखरामा सुरु हुदैछ । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिएसंगै मोर्चा फाँटका पदाधिकारी एवं पूर्वपदाधिकारीको टीमले सोही बमोजिम आन्तरिक गृहकार्य अघि बढाएका छन् । उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम तथा महासचिव सुमन पुरीले अध्यक्ष बन्ने आकांक्षा राखेका छन् । तर पार्टी नेतृत्वले भने अहिलेकै अध्यक्ष क्षितिज थेवेलाई नै दोहो¥याउे चाहना राखेको छ । मोर्चा फाँट प्रमुख भानुभक्त ढकालले पनि अध्यक्षको चाहना बमोजिम नै सर्वसम्मत नेतृत्व चयन गरिने बताउनु भयो । अध्यक्षका अन्य आकांक्षीलाई मनाएर थेबेलाई नै दोहो¥याउन सकिने विषयमा संघका अन्य पदाधिकारीसँग छलफल भइरहेको नेताहरुले बताएका छन् । यता, अध्यक्षका आकांक्षीमध्येका एक जना उपाध्यक्ष कृष्णहरि केसी भने सर्वसम्मतका नाममा देशभरबाट आएका प्रतिनिधिहरुको मताधिकार कुण्ठित गर्न नसकिने बताउनु भयो । नेतृत्वलाई दोहो¥याउने भन्दा पनि नयाँ नेतृत्व चयन गर्ने विषयमा भने सर्वसम्मत हुन सक्ने केसीले बताए । वरिष्ठताका आधारमा आफ्नो नाममा सर्वसम्मती जुट्ने केसीको दाबी छ । अहिलेसम्म एमालेका १० वटा जनवर्गीय संगठनको महाधिवेशन सम्पन्न भइसकेको छ । ती सबै अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको सन्दर्भमा युवासंघको नेतृत्व पनि सर्वसम्मत चयन गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भएको हो । युवासंघको अधिवेशनबाट ९ जना पदाधिकारीसहित १ सय ५१ सदस्य केन्द्रीय समिति चयन हुनेछन् । अधिवेशनका लागि देशभरीबाट करिब २ हजार प्रतिनिधि पोखरा पुग्दैछन् । अधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने बताइएको छ ।
राष्ट्रिय युवा संघको नेतृत्व चयनमा हुँदैछ रस्साकस्सी
राष्ट्रिय युवा संघको नेतृत्व चयनमा रस्साकस्सी
२०८२ जेष्ठ ९, बिहीबार १४:३२ बजे

प्रतिक्रिया