भारत लगायत मुलुकमा कोभिड संक्रमण देखिन थालेपछि नेपालमा पनि सचेतना अपनाउन थालिएको छ । विमानस्थलको हेल्थ डेस्क र नाकाहरूमा स्क्रिनिङमा थप चनाखो भएर परीक्षण गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्र झाले जानकारी दिनुभयो । सचेतना अभिवृद्धीका कार्यक्रम गर्नेबारे आज छलफल हुने उहाँले बताउनुभयो । सरकारको तर्फबाट मात्रै सजगता अपनाएर नहुने भन्दै नागरिक पनि उत्तिकै चनाखो र सचेत बन्नु पर्ने उहाँको भनाई छ । भारतमा कोभिडका २५७ नयाँ संक्रमित देखिएका छन् भने सिंगापुर र हङकङमा पनि संक्रमितहरू देखापरेका छन् । पहिलो पटक कोभिड देखिदा नेपालमा १० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो भने १२ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
योपनि
यार्सा संकलनका क्रममा एक युवकको मृत्यु डोल्पा पुगेका एक युवकको लेक लागेर मृत्यु भएको छ । डोल्पाको पाटनमा यार्सा संकलनका लागि पुगेका जुम्लाका भीमबहादुर बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला बोहरालाई लेक लागेको खबर आएको थियो । लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गत सोमबारदेखि डोल्पाको पाटनमा यार्सा संकलनका लागि अनुमति खुलेको थियो । यार्सा संकलनका लागि पातारासी गाउँपालिका र गुठिचौर जुम्लाका अधिकांश युवा अहिले पाटनतिर लागेका छन् ।
प्रतिक्रिया