सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालले प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको प्रवक्ता कालीदास धौवाजीले जानकारी दिनुभयो । त्यस्तै प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले जानकारी दिनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गर्नु भएको थियो ।
सगरमाथाको आरोहण गर्नेको पदोन्नती
सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति
२०८२ जेष्ठ ९, बिहीबार १५:०५ बजे

प्रतिक्रिया