काठमाडौं, जेष्ठ ९ । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र परामर्श व्यवसायी संघ (फेकन) ले केही दिनअघि शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्तलाई बधाई ज्ञापन गर्दै आफ्ना एजेण्डबारे ज्ञापनपत्र पनि बुझाएको छ । फेकनका कार्यबहाक अध्यक्ष छविन्द्र ओझा नेतृत्वको टोलीले बिहीबार मन्त्री पन्तलाई सिंहदरवारको उनकै कार्यकक्षमा भेटेर सफल कार्यकालको लागि शुभकामना दिएको फेकनका महासचिव दिपेन्द्र पोख्रलले बताए । ‘उहाँलाई बधाई पनि दियौं र हामीले हाम्रा समस्याका बारेमा पनि ध्यानाकर्षण गरायौं’ महासचिव पोख्रेलले भने ‘उहाँले समस्याबारे बुझ्ने र समाधानको लागि पहल गर्ने जवाफ दिनुभयो ।’ फेकनले शैक्षिक परामर्श व्यवसायीका विभिन्न समस्याका बारेमा पटक पटक आवाज उठाउँदै आएको छ । फेकनका नवनिर्वाचित कोषाध्यक्ष गौतम पुडासैनीले मन्त्रीसँगको भेट सकारात्मक भएको बताए । ‘भेट सकारात्मक छ, उहाँ पनि भर्खरै मन्त्री बन्नुभएको हो, सबै कुरा बुझ्ने र समस्या समाधान गर्नका लागि प्रतिबद्ध हुने बताउनुभयो ।’ फेकनको कार्यसमितिको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यबाहक अध्यक्ष छबिन्द्र ओझा, उपाध्यक्ष वालकृष्ण विष्ट (गगन), महासचिव पोख्रेल, सचिव रामचन्द्र केसी (आरसी), सचिव राजकुमार ढकाल, कोषाध्यक्ष पुडासैनी, सह–कोषाध्यक्ष मञ्जु लामिछाने, सदस्य निराजन शिवकोटीसहितको टोलीले शिक्षामन्त्रीलाई भेटेको हो । फेकनका कार्यबहाक अध्यक्ष ओझाले कोरियाको एनओसी समस्याका साथै अन्य बिबिन्न विषयहरुमा ध्यानाकर्षणपत्र बुझाइएको बताए । केही दिनअघि दक्षिण कोरियास्थित नेपाली दूतावासले लेखेको पत्रलाई लिएर शैक्षिक परामर्श व्यवसायीहरुले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले त्यो पत्रले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरुको मानमर्दन गरेको र व्यवसायमाथि धावा बोलेको भन्दै संघर्ष गर्दै आएका छन् । गत वैशाख २७ गते भएको निर्वाचनले उमेश कुश्वार अध्यक्ष रहेको फेकनको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
कोरियाको विषयमा गम्भीर हुन शिक्षामन्त्रीलाई फेकनको आग्रह
कोरियाको विषयमा गम्भीर हुन शिक्षामन्त्रीलाई फेकनको आग्रह
२०८२ जेष्ठ १०, शुक्रबार ११:१७ बजे

प्रतिक्रिया