अखिलको निर्वाचन आज, आन्तरिक विवादका बीच मतदान सुरु हुने
कीर्तिपुर — नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा आन्तरिक विवादका कारण हिजो हुने भनिएको नयाँ नेतृत्व चयनको निर्वाचन आज हुँदैछ । सहमतिमा नेतृत्व चयन गर्न गरिएको प्रयास विफल भएपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।
निर्वाचन तालिका तेस्रोपटक संशोधन गरिएको छ भने केहीबेरमा मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि ४० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । एक हजार ५ सय बढी प्रतिनिधिहरू निर्वाचनमा भाग लिन लागेको अनेरास्ववियुले जनाएको छ ।
अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् । उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा पनि ४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । महासचिव र उपमहासचिव पदका लागि क्रमशः तीन–तीन जनाले उम्मेदवारी दिएका छन् । सचिव पदका लागि दर्जन बढी उम्मेदवारले भोट मागिरहेका छन् ।
सबै उम्मेदवार ३२ वर्ष मुनिका युवा छन् । निर्वाचनले विद्यार्थी संगठनको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया