+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिम नवलपरासीमा कुखुराको फार्ममा आगलागी, लाखौंको क्षति

4KNationalDaily
२०८२ जेष्ठ २९, बिहीबार १८:५५ बजे

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा गएराति भीषण आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार, आगलागीका कारण फार्ममा रहेका ५ हजार ७ सय कुखुरा जलेर मरेका छन्। जलेका कुखुरामध्ये प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र १ हजार २ सय ठूला लेयर्स चल्ला रहेका छन्।

बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट फार्मको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको जनाइएको छ। क्षतिको यकिन मूल्याङ्कन भने हालसम्म नभएको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले आगलागीको विस्तृत अनुसन्धान अघि बढाइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily