+
Search

ताजा अपडेट +

पपुलर +

पीएलए चुनाव: अध्यक्षमा अमर थापा विजयी

पीएलए चुनाव: अध्यक्षमा अमर थापा विजयी

4KNationalDaily
२०८२ असार २, सोमबार ०९:१० बजे

✍ राजन घर्ती

काठमाडौं । एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीएलए) को निर्वाचनमा वरिष्ठ अधिवक्ता अमर थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ।

थापाले २५६ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी संस्थापन पक्षका उम्मेदवार ओमप्रसाद थपलियालाई पराजित गर्नुभएको हो। थपलियाले २१३ मत प्राप्त गर्नुभएको थियो।

खुला उपाध्यक्षमा भीमसेन बन्जारा निर्विरोध निर्वाचित हुनु भयो भने महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी हुनुभयो।

महासचिव पदमा १६३ मतसहित भुवन प्रसाद निरौला विजयी बन्नुभयो। उपमहासचिवमा बाबुराम राई, सचिवमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily