+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधनको माग गर्दै नयाँ शक्ति

संविधान संशोधनको माग गर्दै नयाँ शक्तिको ११ बुँदे प्रस्ताव सार्वजनिक

4KNationalDaily
२०८२ असार २, सोमबार ०९:२५ बजे

✍ राजन घर्ती

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पुनर्संरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग अघि सारेको छ।

पार्टीको दोस्रो पूर्ण बैठकबाट पारित ११ बुँदे समसामयिक राजनीतिक प्रस्तावमा संविधान संशोधनको आवश्यकता औंल्याउँदै प्रगतिशील लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ।

नयाँ शक्तिले संविधान संशोधनमार्फत शासन प्रणालीलाई अझ उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले वित्तीय प्रणाली सुधारको आवश्यकता पनि औंल्याएको छ। पार्टीले वित्तलाई उत्पादनसँग जोड्न बैंकिङ तथा वित्तीय क्षेत्रमा आमूल सुधार गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, मिटर व्याज पीडित, लघु वित्त र सहकारी पीडितको समस्याको समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily