+
Search

ताजा अपडेट +

पपुलर +

ग्वार्को ओभरपासको निर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

4KNationalDaily
२०८२ असार २, सोमबार ०९:४४ बजे

✍ राजन घर्ती

ललितपुर । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ। मुख्य संरचना निर्माण सकिएसँगै अहिले ओभरपासमा रंगरोगन र कालोपत्रे गर्ने कार्य भइरहेको सडक विभागले जनाएको छ।

अबका केही दिनमै सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम सकिने विभागको भनाइ छ। बहुप्रतिक्षित यो ओभरपास सञ्चालनमा आएपछि ग्वार्को चोकको ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।

२०७८ साल फागुन १२ गते सुरु गरिएको ओभरपास निर्माण कार्य दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, म्याद थप्दै डेढ वर्ष ढिलो गरी परियोजना सम्पन्न हुने चरणमा पुगेको हो।

ओभरपास सञ्चालनमा आएपछि कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फ जाने सवारीसाधन तलबाट सञ्चालन हुनेछन्।

कुल १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो ओभरपास काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा सहयोगी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily