+
Search

ताजा अपडेट +

पपुलर +

पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग परीक्षण

पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग परीक्षण

4KNationalDaily
२०८२ असार ४, बुधबार ०९:५२ बजे

फिदिम, पाँचथर – पाँचथरमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट क्षयरोग (टीबी) परीक्षण गरिएको छ। फिदिम नगरपालिकाको आयोजनामा गरिएको परीक्षणमा २४६ जनाको स्वास्थ्य परीक्षण गरिएमा ६ जना शंकास्पद बिरामी फेला परेका छन्। तीमध्ये एक जनामा क्षयरोग पुष्टि भएको फिदिम नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश यादवले जानकारी दिनुभयो।

नगरपालिकाले धनकुटास्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा जिल्लामै पहिलोपटक एआई प्रविधिबाट टीबी परीक्षण गरेको हो। रेडियोग्राफर निरीक्षक डा. अमित साहका अनुसार एआई प्रविधिबाट गरिएको परीक्षणमा एक मिनेटभित्रै क्षयरोगको पुष्टि वा खण्डन गर्न सकिन्छ।

रोग पुष्टि भएका एक बिरामीको उपचार मंगलबारदेखि सुरु भइसकेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily