काठमाडौं – आज देशको पूर्वी र मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको बताइएको छ।
प्रतिक्रिया