+
Search

ताजा अपडेट +

पपुलर +

काँग्रेसको आकस्मिक बैठक, पूर्वसांसद ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित

काँग्रेसको आकस्मिक बैठक, पूर्वसांसद ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित

4KNationalDaily
२०८२ असार ४, बुधबार १०:३१ बजे

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा पूर्वसांसद एवं केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको निधनमा आकस्मिक बैठक सुरु भएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार, शोक प्रस्ताव पारित गर्नको लागि बैठक बसिरहेको छ।

पूर्वमन्त्री शास्त्रीको सोमबार काठमाडौं मेडिकल कलेज सिनामंगलमा ९० वर्षको उमेरमा निधन भएको थियो। उनका पार्थिव शरिरलाई केन्द्रीय कार्यालयमा बिहान ९:३० देखि १० बजेसम्म राखेर शवयात्रा सुरु गरिने तयारी छ।

शास्त्रीले आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची-२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएर नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए। उनी सरल र निष्ठावान राजनीतिज्ञ तथा समाजवादी चिन्तकको रूपमा परिचित थिए।

२०३६ र २०४६ को जन आन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily