+
Search

ताजा अपडेट +

पपुलर +

🏛️ प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

🏛️ प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

4KNationalDaily
२०८२ असार ५, बिहीबार १९:४६ बजे

काठमाडौं — संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज विभिन्न कार्यसूची लिएर बस्ने भएका छन्।

प्रतिनिधिसभा बैठक:
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध र बारम्बार स्थगित भएपछि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। बैठकमा विनियोजन विधेयक र विभिन्न समितिको प्रतिवेदन पेश हुने अपेक्षा छ। तर भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने रास्वपाको माग र लगातारको नाराबाजीका कारण बैठक सहज रुपमा सञ्चालन हुने सम्भावना कमजोर देखिएको छ।

रास्वपाका सांसदहरूले निलो रंगको खादासहित विरोध जनाउँदै गत मंगलबार बैठक स्थगित गराएका थिए। सत्तारुढ काँग्रेस र प्रतिपक्षी दलबीच यो प्रकरणमा सवालजवाफ जारी छ भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले रास्वपाको विरोधमा स्पष्ट समर्थन नजनाउँदा स्थिति थप जटिल बनेको छ। सभामुख सूर्यनाथ अधिकारी घिमिरेले विवाद समाधानका लागि प्रयास गरिरहनु भएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता दोस्रो संसोधन विधेयक, २०८२’ को समितिको प्रतिवेदन पेश गर्नेछन्। साथै वन तथा वातावरण, उर्जा जलस्रोत तथा सिंचाइ लगायत विभिन्न मन्त्रालयका शिर्षकहरूमा विनियोजन विधेयकको छलफल हुने छ।

राष्ट्रियसभाको बैठक:
माथिल्लो सदन राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। यस्तै, राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलका प्रश्नहरूको जवाफ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily