+
Search

ताजा अपडेट +

पपुलर +

🌐 अमेरिका–पाकिस्तान सम्बन्धमा भेटवार्ता, इरान–इजरायल द्वन्द् विषयमा छलफल

🌐 अमेरिका–पाकिस्तान सम्बन्धमा भेटवार्ता, इरान–इजरायल द्वन्द् विषयमा छलफल

4KNationalDaily
२०८२ असार ५, बिहीबार १९:४९ बजे

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पाकिस्तानका सेना प्रमुख मार्शल असिम मुनिरसँग भेटवार्ता गर्नुभएको छ। यो भेटवार्ता इजरायल र इरानबीच जारी द्वन्द्वको पृष्ठभूमिमा भएको छ।

वार्तामा मुख्य रूपमा पाकिस्तानको इरान सम्बन्ध र हालको द्वन्द्वमा पाकिस्तानले देखाएको धारणा केन्द्रित रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। पाकिस्तानका सेना प्रमुख मुनिरले इरानमा इजरायलले गरेको हवाई आक्रमणलाई गलत रहेको प्रतिक्रिया दिनुभएको थियो।

यसैगरी, अमेरिकास्थित पाकिस्तानी राजदूतावासका प्रतिनिधिहरूले तयार पारेको इरान सम्बन्धी प्रतिवेदनमाथि पनि छलफल गरिएको छ। इरानसँग कूटनीतिक सम्बन्ध नहुँदा अमेरिका पाकिस्तान मार्फत इरानलाई आफ्नो सन्देश पु¥याउँदै आएको बुझिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily