+
Search

ताजा अपडेट +

पपुलर +

सक्रिय बन्दै काठमाडौं महानगरपालिका

सक्रिय बन्दै काठमाडौं महानगरपालिका फोहोर वर्गीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

4KNationalDaily
२०८२ असार १७, मंगलवार १०:५६ बजे

काठमाडौं, असार १७। काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले फोहोर व्यवस्थापनका लागि ‘श्रोतमै वर्गीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सोमबार अनामनगरस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा सरोकारवाला पक्षहरूसँग फोहोरको स्रोतमै व्यवस्थापनका उपायहरूबारे छलफल गरिएको थियो।

वडा सचिव शम्भु बरालले काठमाडौंको मुख्य चुनौती फोहोर व्यवस्थापन रहेको भन्दै यसलाई व्यवस्थित बनाउन वडाले विभिन्न पहल गर्दै आएको बताए। उनले भने, “फोहोर व्यवस्थापन केही हदसम्म सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने उद्देश्यले यो अन्तरक्रिया गरिएको हो।”

वडाध्यक्ष कुश ढकालले फोहोर व्यवस्थापन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सामूहिक प्रयासबिना दीगो समाधान सम्भव नहुने बताए। “फोहोर व्यवस्थापन गर्नै नसकिने कुरा होइन, तर सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,” उनले भने।

कार्यक्रममा सहभागीहरूले आफ्ना धारणा, अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए। वडा कार्यालयले ती सुझावका आधारमा आगामी दिनमा कार्ययोजना बनाउने जनाएको छ।

वडाध्यक्ष ढकालले वडा कार्यालयले सामाजिक सरोकारका विषयमा नियमित रूपमा अन्तरक्रिया गर्दै आएको जानकारी दिए। उनले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विषयमा पनि स्थानीयवासीहरूसँग छलफल भइसकेको बताए। सचिव बरालले वडा सबैको साझा भएकोले यसको समुन्नत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily