१३ भदौ ,काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै हुनुहुन्छ। भोलिदेखि चीन भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री ओलीले सदनलाई आफ्नो भ्रमण र लिपुलेक मामिलामा भारत र चीनसँग हुने संवादबारे जानकारी गराउने अपेक्षा गरिएको छ।
संसदमा आफ्नो विश्वास र समर्थन सुनिश्चित गर्न प्रधानमन्त्री ओलीले आजको सम्बोधन गर्ने बुझिएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी पनि छ। सत्तारुढ एमाले र कांग्रेसबीचको सहमतिपछि संसदीय समितिले पारित गरेको भूमि सम्बन्धी प्रतिवेदन यसअघि नै प्रतिनिधिसभामा पेश भइसकेको छ।
लामो समयदेखि विवादमा रहेको भूमि विधेयक आज पारित गर्न लागिएको छ। तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले विधेयकको विरोध गर्दै आएको छ। प्रतिनिधिसभाबाट विधेयक पारित भए पनि जसपाको विरोधका कारण राष्ट्रिय सभाबाट पारित हुने सम्भावना न्यून देखिएको छ।
प्रतिक्रिया