+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँको जडिबुटी दुर्घटना: स्कुटर चालकसहित दुईको मृत्यु

काठमाडौँको जडिबुटी दुर्घटना: स्कुटर चालकसहित दुईको मृत्यु

4KNationalDaily
२०८२ भाद्र १३, शुक्रबार १५:३८ बजे

१३ भदौ ,काठमाडौँ | आज बिहान काठमाडौँको जडिबुटीमा भएको स्कुटर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका युवकहरू नवलपरासीको सुनौल नगरपालिकाका २२ वर्षीय शिरिष पौडेल र काभ्रे पाँचखालका २३ वर्षीय नितेश नेपाल हुन्। उनीहरू भक्तपुरको लोकन्थली बस्दै आएका थिए।

दुर्घटना जडिबुटी आकाशेपुल नजिकै भएको थियो। स्कुटर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको अवस्थामा बसको पछाडि ठोकिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily