+
Search

ताजा अपडेट +

पपुलर +

वामदेव चुनाव लड्ने निश्चित भएपछि नारायणकाजीले थाले यस्तो तयारी

4KNationalDaily
२०७५ आश्विन २३, मंगलवार १८:५४ बजे

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेता वामदेव गाैतमका लागि प्रतिनीधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेसंगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो लागि समेत ठाँउ खोजिदिन नेतृत्वलाई दबाब दिने भएका छन् ।

स्रोतका अनुसार प्रवक्ता श्रेष्ठले आफू पनि निर्वाचनमा हारेको र अहिले संसदमा जाँदा देशको हितमा काम गर्न सक्ने भन्दै एउटा स्थान खाली गरिदिन आग्रह गर्ने भएका हुन् ।

नेता वामदेवलाई प्रचण्डले बोकेपछि अन्ततः निर्वाचनको मुखैमा पुर्याएका छन् । तर, प्रवक्ता श्रेष्ठले उपनिर्वाचन गराउँदा आफ्नो क्षेत्र निर्क्याैल गरेर मात्र गर्न भन्दै आन्तरिक तयारी थालेको स्रोत दावी छ । नेकपामा हारेका नेताहरुले एकपछि अर्को गर्दै अड्को थाप्न सक्ने भन्दै प्रधानमन्त्री आेलीले सबैलाई सचेत हुन समेत निर्देशन दिएका छन् ।

वामदेवका लागि राजीनामाको घोषणा गरेका मानन्धर समेत आेली निकटका नेता मानिन्थे तर, उनको राजीनामाको बारेमा प्रधानमन्त्री आेलीले सचिवालय बैठकमा सुनेपछि छक्क परेको स्रोतको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily