गाेरखा- नवौ लिगलिगे दौडमा पर्वतका अनिष थापा मगर प्रथम भएका छन । उनले चेपेघाट देखि लिगलिगकोट दरबारसम्म १३ दशमलव ८० किलोमिटरको लामो दौड प्रतियोगितामा ५८ मिनेट २५ सेकेण्डमा पार गरी प्रथम भएका हुन् ।
यो दौडमा उनी तेस्रो पटक पुनः प्रथम भएका हुन । दौडमा पहिलो हुने थापा मगरलाई संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच पर्हियाइदिएका थिए । उनले श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी समेत पाएका छन् ।
दोस्रो भएका पुनले ३५ हजार १ सय र तेस्रो भएका बस्नेतले २५ हजार १ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा नेपाली सेनाका कृष्णबहादुर बस्नेत चौथो, सुर्खेतका पवनकुमार ओली पाचौं, नेपाली सेनाका हरिकुमार रिमाल छैटौं, नेपाल प्रहरीका भूमिराज राई आठौं, जुम्लाका धीरबहादुर बुढा नवौं र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशौं भएका छन् ।
भेट्रानतर्फको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धर तेस्रो भए ।
स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल नेपाली पहिलो, हर्मीका सूर्य अधिकारी दोस्रो र खोप्लाङका दीपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार ५ रुपैयाँ, १२ हजार ५ रुपैयाँ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, साुनमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश २० हजार ५ , १२ हजार ५ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् ।
म्गरलाई श्रीपेच लगाईदिएपछि मन्त्री अधिकारीले पर्यटन विकास र प्रवदर््धनमा गोरखा र लिगलिगले सहयोग पुग्ने दावी गरे । ‘पर्यटन विकास र प्रवर्द्धनमा गोरखा र लिगलिगे कोट र दौडले धेरै सहयोग पुग्ने विश्वास छ।’ उनले भने ।
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिग कोट भ्रमणका लागि आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो। राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ। पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ।
गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो ।
प्रतिक्रिया