+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्नु गलतः गगन थापा

4KNationalDaily
२०७५ भाद्र ११, सोमबार १६:०६ बजे

काठमाडाैँ– नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडाैँ आयोजित सरोकारवालासँगको सामूहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनि विश्लेषण गर्न पनि सरकारलाई सचेत गराए । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ ।

नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्नु गलत रहेको बताए । कांग्रेस नेता थापाले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने नेता थापाको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily