+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, पा‌ण्डेसँग २ अर्ब १३ करोड बिगो मागदावी

4KNationalDaily
२०७५ मंसिर २१, शुक्रबार १८:३३ बजे

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ। पाण्डे गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३मा उम्मेदवार बनेका थिए ।

तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका बलिया उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भए । उनी पूर्व वनमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily