+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले केही गरेन भन्न त मिल्दैन, तर केही गरेको पनि छैन : बाबुराम भट्टराई

4KNationalDaily
२०७५ फाल्गुन २७, सोमबार २१:५९ बजे

राजविराज- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आफ्नो असफलता स्वीकार गरेको बताएका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न सोमबार सप्तरी आएका भट्टराईले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘सरकारले केही गरेन भन्न त मिल्दैन तर केही गरेको पनि छैन,’ उनले भने, ‘भ्रष्टाचार यथावत रह्यो, त्यसमाथि दुई तिहाईको सरकारसँग विकास, समृद्धि र सुसासनका लागि जुन अपेक्षा गरिएको थियो, कुनै पनि पुरा भएन ।’

विगत एक वर्षको अवधिमा नेकपा नेतृत्वको सरकारले सन्तोषजनक काम गर्न नसकेको नेता भट्टराईले टिप्पणी गरे। यो अवधिमा आर्थिक सूचकांक कुनै पनि सकारात्मक नदेखिएको भन्दै उनले सरकारले नै आफनो असफलता पुष्टि पनि गरेको बताए।

‘भर्खरै सरकारले ६ महिने मूल्यांकन गरेर बजेट खर्च गर्न सकिँदैन भन्दै पूँजीगत र सामान्य खर्च घटाएको छ। राजश्व संकलनको लक्ष पनि घटाएको छ,’ उनले थपे, ‘यो त आफ्नो असफलता सरकारले नै स्वीकार गरेको हो न‍ि।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily