गाेरखा- ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका जिल्ला संयाेजक भाेला भुजेल लगायत अन्य ३ जनाले पार्टी छाेडेका छन् । उनीहरूले अाज एक बिज्ञप्ती जारी गर्दै पार्टीकाे साधरण सदस्य समेत नरहेकाे भन्दै पार्टी छाेडेका हुन् ।
सरकारले विप्लव नेतृत्वकाे पार्टीका कार्यकर्तालार्इ जहाँ भेट्याे, त्यही समात्नु भनी ७७ जिल्लाका प्रशासनलार्इ परिपत्र जारी गरेपछि गाेरखाका तिन जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेकाे बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
पार्टीका भुजेल, भरत काेइराला र बिशाल गजुरेलद्वारा जारी गरिएकाे बिज्ञप्तीमा भनिएकाे छ ‘विषत केहि समय अगि देखि ‘विप्लव’ ले नेतृत्व गरेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमा आबद्व रहेकाे र कहिले काँहि राजनितिक कार्यक्रमहरूमा सहभागी हुदै आएकाे कुरा अवगत गराउदै, अहिले आफ्नै व्यापार व्यबसायमा ब्यस्त भएकाले र केहि समय अगि देखि राज्यले उक्त पार्टीलार्इ प्रतिबन्ध लगाएकाले नेपालकाे संविधानलार्इ पुर्णरूपमा पालना गर्दै यहि मिति २०७५ फागुन ५ गतेबाट साे पार्टीकाे सम्पुर्ण जिम्मेवारीबाट अगल भर्इ, साधारण सदस्य समेत नरहने गरी उक्त पार्टीबाट अलग भर्इ स्वतन्त्र नागरीक रहि प्रचलित कानुन, र संविधानलार्इ अक्षरक्ष पालना गर्ने छु भनि याे बिज्ञप्ती जारी गरेका छाैँ।’
केहि समय अगि जिल्लााे बिराेनचाेक चाेकमा रहेकाे एनसेल बम बिस्फाेट गरेपछि केहि समय हराएका विप्लवका नेता कार्यकर्ता अहिले पार्टी छाेडेका हुन् । केहि समय अगि जिल्ला नेता दिपक बाेहाेरा समेत रिहा भएका थिए । बाेहाेराले समेत आफुले साे पार्टी नै परित्याग गरेकाे दावी गरेपछि प्रशासनले तारिखमा रिहा गरेकाे थियाे ।
।
प्रतिक्रिया