+
Search

ताजा अपडेट +

पपुलर +

बामगठबन्धन समृद्ध नेपाल निर्माणको तयारी अवस्थामा जुटको छ : नारायणकाजी श्रेष्ठ

लीलाधर काेइराला
२०७४ माघ १३, शनिबार १८:२५ बजे

गोरखा– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब बामगठबन्धन समृद्ध नेपाल निर्माणको तयारी अवस्थामा जुटको बताएका छन् । गोरखा नगरपालीका–८ एमाले पार्टी कार्यलयमा आयोजित कार्यकर्ता तथा मतदातालाई धन्यवाद एवं समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ, अब बाम गठबन्धनको सरकार बन्छ अनि समृद्ध नेपाल निर्माणको बाटोमा बाम गठबन्धन अघि बढ्छ,’ श्रेष्ठले भने । आफुले चुनावमा हार व्यहोर्नु परे पनि देश भर बाम गठबन्धनको जित भएकाले अब बामपन्थिको सरकार बन्ने सुनिश्चित भएको उनले बताए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकताका बारेमा छलफल भैरहेकाले सरकार गठन हुनु भन्दा अगाडी नै पार्टी एकता हुने उनको दावी थियो ।

उनले पार्टी एक हुन नदिन र भाँड्न विभिन्न शक्तिहरूले लागेको बताए । ‘हामी एक हुन नदिन यसलाई भत्काउन, भाँड्न विभिन्न शक्तिहरू लागि परेका छन्। तर हामी पार्टी एक गरेरै शहिद र जनताको सपना पूरा गरेर समृद्ध नेपाल बनाउने नै छौँ।’ उनले दुवै पार्टीभित्र गुट–उपगुट रहेको बताउँदै त्यसको अन्त्य र विभिन्न संगठनको समायोजन कसरी गर्ने भन्ने तयारीमा दुवै पार्टी्भित्र छलफल भएको बताए।

‘फागुनमा नयाँ सरकार बनाउने तयारी त छँदै छ । गोरखालाई लालकिल्ला त बनाउन त सकिएन। तर संघीय सरकार र प्रादेशिक सरकार वाम गठबन्धनकै बन्ने पक्का छ’ , श्रेष्ठले भने, ‘म पार्टी एकता संयोजन समिति सदस्य पनि भएकोले के भन्छु भने फागुनमा दुई पार्टीको एकता भएको घोषणा गरेर सरकार गठन प्रक्रियाका साथ हामी गृहकार्य गरिरहेका छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला