+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका तिन मतदान केन्द्रमा सबै कर्मचारी महिला

4KNationalDaily
२०७४ मंसिर ६, बुधबार १९:३६ बजे

गोरखा- गोरखा सहित ३२ जिल्लामा पहिलो चरणमा हुन लागेको निर्वाचनका लागि गोरखाका तिनवटा मतदान स्थल महिला मैत्री बनाइने भएको छ ।

महिलाहरुलाई हौशला प्रदान गर्न र आत्मविश्वास जगाउन महिला मैत्री मतदान केन्द्र बनाउन लागिएको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

गोरखाका २ सय ८२ मध्ये ३ मतदान केन्द्र महिला मैत्री बनाउने तयारी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एउटा र २ मा दुइ मतदान केन्द्रमा महिला मात्रै कर्मचारी खटाई महिला मैत्री बनाउन लागिएको हो ।

क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, २ मा पर्ने सरस्वती मावि आहाले र द ओल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने छन् । ‘हामी जिल्लाको निर्वाचनलाई नमुना बनाउन चाहान्छौ, सबैको आँखा पनि गोरखामै छ, त्यसैले हामीले ३ वटा केन्द्र महिला मैत्री बनाउदैछौ’ उनले भने ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा ओल्ड क्यापिटल मा.वी को एउटा मात्रै केन्द्रलाई महिला मैत्री बनाइएको भएपनि अहिले ३ वटामा महिला मात्रै कर्मचारी खटाउन लागिएको हो ।

मदतान अधिकृत सहित अन्य सातै जना र ४ जना स्वयमसेवक समेत महिला नै खटिनेछन् । त्यस्तै ति मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु समेत महिला नै खटाउने ब्यवस्था मिलाईएको कार्यालले जनाएको छ ।

बालमन्दिर मावि छहरेमा रहेको मतदान केन्द्रमा गोरखा दरवार हेरचाह अड्डाकी प्रमुख मञ्जु सिं भण्डारीलाई मतदान अधिकृत तोकिएको छ । यस केन्द्रमा ८ सय ६१ मतदाता रहेका छन् ।

त्यस्तै सरस्वती मावि आहालेको केन्द्रमा महिला तथा बालबालिका कार्यालय प्रमुख सुशीला वाग्लेलाई मतदान अधिकृत तोकिएको छ ।
उनी यस अघि भएको स्थानीय तहको निर्वाचनमा महिला मैत्री भएको एक मात्र केन्द्रको अधिकृत रहेकी थिइन ।

उक्त मतदान केन्द्रमा ९ सय ३२ जना मतदाता रहेका छन् । द ओल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा जिल्ला अस्पताल गोरखाकी डा. अनमिका कर्णलाई मतदान अधिकृतको रुपमा खटिनेछिन् । ८ सय ४० जना मतदाताले यस केन्द्रबाट मतदान गर्नेछन् ।

ओल्ड क्यापिटल केन्द्र मै क मतदान स्थलमा भने मतदान अधिकृत पुरुष खटिनेछन् । यो मतदान केन्द्रलाई प्रयोगात्मक समेतको रुपमा लिइएको कार्यालयका सापकोटाको भनाई छ ।

‘एउटै केन्द्रको दुइ मतदान स्थलमा महिलालाई र पुरुषलाई नेतृत्व गर्न दिदैछौ, यसलाई हामीले नयाँ प्रयोगको रुपमा समेत लिएका छौ, पर्यवेक्षक गर्नेलाई समेत राम्रो अवसर हुन सकोस’ सापकोटाले भने । महिला मैत्री हुने तिन वटै मतदान केन्द्र सदरमुकाम भित्रैका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily