+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामले ट्वीटरमा लेखेः ‘सरी ! बारपाक, हामी चुक्यौं !

4KNationalDaily
२०७६ बैशाख १२, बिहीबार २०:३९ बजे

गाेरखा- विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको वारपाकमा पूर्ननिर्माणमा भएको बेथितीप्रति नयाँ शक्ति संयोजक तथा गाेरखा क्षेत्र न २ का सांसद डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पुरानो र नयाँ वारपाकको फोटो पोष्ट गर्दै उनले लेखेका छन् ‘यो नयाँ वारपाक र त्यो पुरानो वारपाक हेरौं त । घले/गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो । हामी चुक्यौं ।’

विनाशकारी भूकम्पको केन्द्र वारपाकको पूर्ननिर्माणपछि खुसी र दुःखको अनुभुति एकैसाथ भएको भन्दै वारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभार पनि व्यक्त गरेका छन् ।

०७२ साल १२ बैशाखमा वारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा मुलुकभर नौ लाख घर प्रभावित भएको थियो । वारपाकमा एनआरएनको सहयोगमा पूर्ननिर्माण सम्पन्न भए पनि स्थानिय मौलिक संस्कृति मासिएको छ । पक्कि घरहरुमा घले र गुरुङको संस्कृति नभेटिँदा चिन्ता गर्नेहरु बढेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily