गाेरखा- अजिरकाेट गाउँपालिका-५, मुच्चाेककाे मुच्चाेक स्वास्थ्य चाैकीकाे जग्गा पास नभएकाे भन्दै गाेरखा सन्देशले प्रकाशित गरेकाे समाचार खण्डन गरेका छन् ।
विविध कारणबश जग्गा पास गर्न नसकिएकाे भन्दै आराेपित मुच्चोकका चिरञ्जीवी धितालको परिवारले आपत्ति जनाएको छ। आराेपितका छाेरा दीपक धितालले साे समाचारकाे खण्डन गरेका हुन् ।
समाचारमा भुकम्प पिछ पुर्ननिर्माण भएकाे स्वास्थ्य चाैकीकाे जग्गा ४ बर्ष भर्इसक्दा पनि पास नभएकाे भन्दै स्थानियले धिताल परिवारलार्इ ७ दिनभित्र सम्पर्क आउन आग्रह गरेका थिए । तर, धिताल परिवारका कुनैपनि सदस्य सम्पर्क नआएकाे भन्दै स्थानियले साे जग्गामा भ्रष्टाचार हुन सक्ने भन्दै आराेप लगाएका थिए ।
‘आफुहरु कुनै पनि भ्रष्टाचारमा नमुछिएको र कुनै प्रमाण भए प्रमाणीत गर्न चुनौती दिन चाहान्छाै’ आराेपित धितालले भने ‘आफ्ना बुबा पूर्व प्रधानध्यापक, समाज सेवी भएको र कुनै राजनीतिक नेता नभएकोले त्यस प्रकारको भ्रष्टाचारयुक्त कार्य नगरेको साथै स्वास्थ्य चौकिलाई बेचेको जग्गा विविध कारणले ढिलाइ भए पनि पास गर्न तयारीमा हामी रहेका छाैँ।’
धिताल भन्छन् ‘यस प्रकारको व्यक्तिगत रुपमा भ्रष्टाचारको आरोप लगाउनेहरुले माफी माग्नु पर्छ।’
प्रतिक्रिया