+
Search

ताजा अपडेट +

पपुलर +

कर्म फ्लार्इट फाउन्डेसन पाेखराकाे सहयाेगमा न्यानाे कपडा वितरण, स्वाँराका ७ वटा बिद्यालयका ४९२ जना बिद्यार्थी लाभान्वित

4KNationalDaily
२०७५ मंसिर २८, शुक्रबार १९:३९ बजे

सुलिकाेट (गाेरखा)-  बारपाक सुलिकोट गाँउपालिका-३, स्वाँराका ७ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूलार्इ न्यानाे कपडा ‘ज्याकेट’ वितरण गरिएकाे छ । कर्म फ्लार्इट फाउन्डेसन, पाेखराकाे सहयाेगमा स्वाँराका ७ वटा  बिद्यालयका ४९२ जना बिद्यार्थीहरूलार्इ न्यानाे कपडा वितरण गरेकाे हाे । 

४९२ जना बिद्यार्थीहरूलाई करिब ६लाख बराबरको ज्याकेट बितरण गरेको  फाउन्डेसनले जनाएकाे छ  । मंसिर सकिन लागे सँगै उत्तरी गोरखामा अत्यधिक चिसो बढेको र सो क्षेत्रमा हिमपात समेत हुने भएकोले बालबालिकालाई चिसोबाट बचाउनुका साथै चिसोबाट पढाईमा असर नपुगोस् भन्ने उद्देश्यले ज्याकेट बितरण गरेको कर्म फ्लाइट फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले जानकारी दिए।

सो संस्थाले धार्चे र चुमनुब्रि गाउपालिकाको प्रत्येक बिद्यालयमा समेत ज्यकेट बितरण गर्ने कार्यक्रम रहेको कुबँर जानकारी दिए।

स्वांराबाट सलीना गुरूङकाे सहयाेगमा

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily