+
Search

ताजा अपडेट +

पपुलर +

भट्टराईकाे जिल्ला संगठनमा पहिराे : पूर्व नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपा प्रवेश

4KNationalDaily
२०७६ बैशाख २८, शनिबार १२:२१ बजे

गोरखा– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी गठन गरेसँगै गाेरखामा भट्टराईकै जिल्ला संगठनमा पहिरो गएको छ । पूर्वनयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

फोरमसँगको एकताप्रति असन्तुष्टि राख्दै केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता–कार्यकर्ता शनिबार नेकपामा प्रवेश गरेका हुन् ।

नयाँ शक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्नेभन्दा झनै स्खलित हुँदै गएको आरोप लगाउँदै उनीहरू नेकपामा प्रवेश गरेका हुन् । नेकपामा प्रवेश गर्नेहरूमा जंग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत छन् ।

गोरखाकाे सिराचोक गाउँपालिकाका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ, राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । साविककाे ताङ्लीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत नेता–कार्यकर्ताले पनि पार्टी परित्याग गरेका छन् ।

पूर्वनयाँशक्तिबाट नेकपामा प्रवेश गरेकाहरूलाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily