+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री कुट्न भन्दै मन्त्रालय पुगेका कर्मचारी नेता प्रहरी आउने खबर सुनेपछि भागे

4KNationalDaily
२०७६ जेष्ठ १, बुधबार १९:२३ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच बिहीवार दिउसो मन्त्रालयमा झण्डै कुटाकुट भएको छ ।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्त्रालयमै कुटाकुटको स्थिती आएको हो ।

अधिकारीको समूहले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए भने पछि अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।

उनीहरुले काँग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्री यादबमाथि हातपात प्रयाश गरेका थिए ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि मन्त्री यादबले प्रहरी बोलाएका थिए । प्रहरी बोलाएको जानकारी पाए लगत्तै कर्मचारी नेताहरु भागेक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily