+
Search

ताजा अपडेट +

पपुलर +

बिक्रम परियार र सुमित्रा तामाङको ‘चौतारीको वर’ बजारमा

4KNationalDaily
२०७६ जेष्ठ ९, बिहीबार १५:४० बजे

काठमाडाैं- समय, परिस्थिति र दर्शक श्रोताको मागले गीत संगीतलाई एक कुरामा अब्बल भएर मात्र नहुने भएको छ । कला गलाको साथ साथै सन्दर्यताले पनि गीत संगीतलाई प्रभाव पार्न थालेको छ।

यसको उदाहरण हुन् धादिङकी सुमित्रा तामाङ। यी तिनै कुराको पूरा रुप हुन बिक्रम र सुमित्रा । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन यहि बिचबाट सुमित्रा तामाङ र बिक्रम परियारले फरक पहिचान बोकेको गीत ‘चौतारीमा वर’ सार्बजनिक गरेका छन ।

पछिल्लो पुस्तालाई ध्यान दिएर माया पिरतिमा आधारितमा तयार भएकाे यो गीतमा मौलिकता पाइन्छ । गीत गाउनु र निकाल्नु ठूलो कुरा होइन तर, गीतमा कतिको मौलिकपन छ भन्ने ठूलो कुरा कुरा हो । आफैमा सुमधुर स्वरका धनी बिक्रम परियार र सुमित्रा तामाङको सहकार्यले यस ‘चौतारीको वर’ मार्फत नया आयम थपिन सक्छ ।

नकुल ढकालको शब्द रहेको यस गीतमा संगीत वसन्त थापाको रहेको छ । गायक परियार र गायक तामाङले आवाज दिएको गीतलाई बिपि फिल्मको ब्यानरले बजार ब्यबस्थापन गरेको छ ।

मौषम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाण , वसन्त थापा र सम्पदा बानियाले अभिनय गरेका छन भने संगीत संयोजन आशिष अबिरलले गरेका छ्न ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily