+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकाेटमा १४४१ जना बेराेजगार

4KNationalDaily
२०७६ जेष्ठ १०, शुक्रबार १८:२५ बजे

गाेरखा- बेरोजगारलाई रोजगार दिन सरकारले जिल्लाका सबै स्थानीय तहमा बजेट पठाएपछि अजिरकाेट गाउपालिकाले बेराेजगार युवाहरूलाइ बेराजगार फर्म भर्न अाह्वान गर्याे  ।

गाउपालिकाले प्रकाशित सुचनाका अाधारमा बेराेजगार फर्म भर्नेकाे सख्या १४४१ रहेकाे गाउपालिकाले जनाएकाे छ ।  करिब १७ हजार जनसंख्या रहेको अजिरकोटमा १० प्रतिशतले पनि यो फारम भरेका छैनन ।

अजिरकाेटका ठूलो संख्याका युवाहरु देशका प्रमूख सहरहरुमा तथा बैदेशिक रोजगार लयागतमा समेत छन । अजिरकोट गाउँपालिकाका अनुसार सवै भन्दा धेरै बेरोजगार भएको वडा हो वडा न ५ मुच्चोक । यस वडामा ३ सय ३२ जनाले रोजगारी माग्दै फारम भरेका छन ।

त्यस्तै वडा नं. १ ध्याच्चोकका १२१ जनाले रोजगारका माग गरेका छन । वडा नं. २ मा खरिबोटका २४४ जनाले रोजगारका लागि फारम भरेका छन । वडा नं. ३ हंसपुरमा १५३ जनाले र वडा नं. ४ मा २९३ जनाले सरकारसँग रोजगारको आश गरेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई रोजगार दिन सरकारले  अजिरकाेटमा २३ लाख बजेट बिनियाेजन गरेकाे छ । बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय यस अघि नै गरेको थियो । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको बताइएको छ ।

नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गरेको हो ।

र याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily