काठमाडाैं- सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६÷७७ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । यसैगरी बजेटमा काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।
मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ । बजेटमा हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।
त्यस्तै गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड विनियोजन गरिएको छ । त्यस्तै बीपी राजमार्गको लागि ९६ करोड छुट्ट्याइएको छ भने द्रुतमार्गलाई १५ अर्ब १ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया