फाइल तस्बिर
गोरखा- गोरखा निर्वाचन क्षेत्र नं. १ का संघीय साँसद हरीराज अधिकारीले नेपालको राजनीति विशिष्ट खालको भएको बताएका छन् ।
जिल्लाकाे भिमसेन थापा गाउँपालिकामा आयोजित अर्न्तक्रिया कार्यक्रममा बोल्दै नेता अधिकारीले केपी ओली र प्रचण्डको एकता व्यक्तिगत नभई देश र जनताको पक्षमा न्यायसहितको समाजवाद निर्माणका लागि भएको बताए ।
गाउँपालिकाको वडा नंं ६ अश्राङ स्थित सल्लाघारी बगैंचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले एक वर्ष भित्र विभिन्न नीति नियमहरु निर्माण गरी देशकाका ७६१ वटा सरकारको व्यवस्थापन गर्न सरकार लागि परेको बताए ।
न्यायपालिकामा जनताको अझै पनि पहुँच नपुगेको भन्दै एकपटक न्यायधिश भएपछि जे गरेपनि कसुर नलाग्ने कानुन अझै सञ्चाउन नसकिएको उनले बताए ।
नेकपा पार्टी एकतालाई सामान्य अर्थमा लिन नहुने बताउँदै संघर्ष सहित रुपान्तरण हुनुपर्ने उनले बताए । विषय केन्द्रीत भएर स्थानीय तहमा बसेर छलफल गरी सबै समस्याको समाधानका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने उनको भनाई थियो ।
अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण धिताल, प्रदेश सदस्यहरु लोकप्रसाद बञ्जरा, बाबुराम थापा, जिल्ला सदस्य नारायण श्रेष्ठ, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टिकाराम श्रेष्ठ, शिक्षक महासँघका अध्यक्ष ध्रुव भट्ट, सह अध्यक्ष राजन कट्टेल, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष मालती भट्ट, नेपाल राष्ट्रिय शिक्षक संगठनका राजेन्द्र सिंखडा लगातयले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया