+
Search

ताजा अपडेट +

पपुलर +

प्रकृतिसँग रमाउँदै तेरिया मगर

4KNationalDaily
२०७६ जेष्ठ २६, आईतवार ००:३२ बजे

काठमाडाैं- तेरिया मगर घर रुपन्देही जिल्लाको रुद्रपुरमा पर्छ । उनले आफ्नो नृत्यबाट नेपाल र भारतबाट धेरै उपाधि जितिसकेकी छिन्। उनी सानै उमेर बाट नृत्यको अभ्यास गर्दै आएकी थिइन् ।

सन् २०१४ मा चर्चित भारतीय रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’को विजेता बनेकी तेरिया त्यस लगतै उनी फेरी अर्को भारतीय रियालिटि सो ‘झलक दिखला जा’मा समेत विजेता बनिन् । १४ वर्षको उमेरमै चर्चीत रियालिटि सोको बिजेतापछी उनी निकै चर्चामा आएकी थिइन् ।

’तेरिया भविष्यमा कोरियोग्राफर बन्न चाहन्छिन् । अभिनयलाई पनि अगाडि बढाउन चाहन्छिन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् उनी । १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्।

तेरिया देश विदेशका कार्य्रकममा समेत निकै व्यस्त रहेकी हुन्छिन् । केही समय पहिले चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा काठमाण्डौ आएकी थिइन् । तेरिया मगरको बसाइ नेपालमा भन्दा बढी भारतमा हुने गरेकोले उनको बारेमा खबर कम आउने र मिडियामा समेत देखिन्नन् । उनी गायन क्षेत्रमा पनि अब्बल छिन्।

केही समय पहिले आफ्नो सुरिलो आवाजमा पहिलो पटक कभर गीत स्वर दिएकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी हुन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ रहेकी हुन्छिन् । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उनकाफलोअर्स पनि निकै छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily