+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधिन गोरखा दरबारकाे अवलोकन गर्दै देउवाले भने ‘पूर्ननिर्माणकाे काम संन्ताेषजनक छैन’

4KNationalDaily
२०७६ जेष्ठ २६, आईतवार १६:४८ बजे

गाेरखा- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाेरखादरबारकाे पुर्ननिर्माण काम सन्ताेषजनक नरहेकाे बताएका छन् । आईतबार निर्माणाधिन गोरखा दरबारकाे अवलोकन गरेपछि उनले यस्ताे बताएका हुन् ।

२०७२ सालकाे भुकम्पले क्षति पुगकाे गाेरखा दरबारकाे अवलाेकनपछि देउवाले पूर्ननिर्माणकाे काम  संन्ताेषजनक नभएकाे भन्दै केन्द्र पुगेपछि यस विषयमा अावाज उठाउने बताए ।

नेपाली काँग्रेस गोरखा नगरपालिकाको नगरतरीय भेलालाई संबोधन गर्न शनिबार नै गोरखा आई पुगेका देउवाले आईतबार बिहानै गोरखा दरबार अबलोकन गरेका हुन् ।

‘दरबार पुननिर्माणकाे काम संन्ताेषजनक छैन’, उनले भने ‘संघिय राजधानी काठमाडाैं पुगेपछि यस विषयमा कुरा उठाउछु ।’नेपाल एकिकरणमा महत्वपुर्ण भूमिका खेलेको यो दरबार तत्कालै पुनःनिर्माण गर्न आफुले आवाज उठाउने देउवाले बताए ।

देउवालाई गोरखा दरबार हेरचाह अडाका सूचना अधिकारी रामेश्वर कट्टेल र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले समस्याको बारेमा जानाकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily